बिर्तामोड , भदौ २६ । बिर्तामोड ५ को कान्तिपुर ड्राइभिङ सेन्टरको पछाडि एकजना महिला मृत भेटिएकी छन् ।

नाम, थर र वतन नखुलेकी अन्दाजी ४० वर्षको जस्तो देखिने महिला साँझ ५.३० बजे मृत फेला परेकी हुन् । मागी खाई हिड्ने महिला मृत फेला परेको र प्रहरी टोली घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।