झापा, भदौ २६ । माग पूरा गर्ने सरकारी प्रतिवद्धतापछि आमरण अनशनमा बसेका कोशीका पूर्व मुख्यमन्त्री केदार कार्कीले अनशन तोडेका छन् ।

प्रदेश सरकारका तर्फबाट आन्तरिक तथा कानुन मन्त्री लीलावल्लभ अधिकारीले अनशन स्थलमा पुगेर माग पूरा गर्ने प्रतिवद्धता जनाएपछि कार्कीले केहीबेर अघि अनशन तोडेका हुन् । अनशन तोडाउन नेपाली काँग्रेस कोशी प्रदेश सभापति तथा संसदीय दलका नेता उद्धव थापा, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला लगायतका नेताहरू पनि पुगेका थिए ।

थापा र कोइरालासँग पूर्व मुख्यमन्त्रीका मागका विषयमा प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले छलफल गरेका थिए । दिनभरि भएको छलफलमा पूर्व मुख्यमन्त्रीले राखेको मागहरू बजेटले सम्बोधन गरेको मुख्यमन्त्री कार्कीले आश्वस्त पारेका थिए । पूर्व मुख्यमन्त्रीका मागहरूका सम्बोधन हुने, सम्बोधन नभए काँग्रेस सत्ता साझेदार भएकाले सम्बोधन गर्ने आश्वासन थापाले दिएका थिए ।

यस्तै प्रदेश सरकारका मन्त्रीहरू राम राना र लिलाबल्लव अधिकारीले समेत माग सम्बोधन भएको र नभएको भए सम्बोधन गरेर जाने बताएपछि कार्कीले अनशन तोडेका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्