झापा, भदौ २७ । झापाको शिवसताक्षीमा एक व्यक्तिको हत्या भएको छ ।
शिवसताक्षी ८ शितल चौकका ४२ वर्षीय रामप्रसाद सिटौलाको हत्या भएको हो । आज राति करिव ९.३० बजे घरको पछाडिपट्टि उतानो परेको अबस्थामा उनको शव फेला परेको छ । उनको टाउकोमा चोट देखिएको छ । दाउराले प्रहार गरी हत्या गरेको हुनसक्ने आशंका गरिएको छ । घटनास्थल वरिपरि दाउरा छरिएको र रगत लतपतिएको छ ।
हत्या कसले र किन गर्यो भन्ने बारे खुलेको छैन । प्रहरी टोली घटनास्थल पुगेको छ । प्रहरीले घटनास्थल सुरक्षित राखी अनुसन्धान शुरु गरिसकेको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुशिल थापामगरले बताए ।