
झापा,भदौ २८ । राइड सेयरिङ बन्द गर्नुपर्ने, रातो नम्बर प्लेटका सवारीसाधनले यात्रु बोक्न नपाउने लगायतका माग गर्दै ट्याक्सी चालकहरूले प्रदर्शन गरेका छन् । शुक्रबार जडीबुटी कोटेश्वर क्षेत्रमा उनीहरुले सवारीसहित प्रदर्शन गर्दा सो क्षेत्रको ट्राफिक व्यवस्थापन प्रभावित भएको छ ।
व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा ट्याक्सी चालकहरू जडीबुटी क्षेत्रको बिच सडकमै ट्याक्सी राखेर सडक अवरोध गरेका थिए ।