झापा, भदौ २८ । पूर्वीनाका हुँदै भारतबाट ठूलो मात्रामा लागूऔषध भित्र्याउन खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कपिलवस्तु बुद्धभूमि नगरपालिका वडा नं. ४ स्थायी ठेगाना भई हाल झापा दमक नगरपालिका वडा नं.९ बस्ने ४७ वर्षीय शुक्रराज नेपाली सार्की रहेका छन् । उनलाई आज दिउँसो अन्दाजी २ बजे मेचीनगर ६ काँकरभिट्टास्थित मेची भन्सार कार्यालयको भवन अगाडी चेकप्वाइन्टमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले पक्राउ गरेको थियो ।

भारतको पानीट्यांकीबाट सिटीसफारीमा नेपालतर्फ आइरहेका सार्कीले रोयल पाल्की लेखिएको चामलको बोराभित्र लुकाएर ल्याएको प्लाष्टिकसहित १०९ ग्राम १५० मिलिग्राम ब्राउनसुगर प्रहरीले फेला पारेको थियो । उनलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्