झापा,भदौ २९ । नेपाल प्रिमियर लिग (एनपिएल) का मार्की खेलाडीले २० लाख रुपियाँ पारिश्रमिक पाउने भएका छन् ।

एनपिएल आयोजक नेपाल क्रिकेट सङ्घ (क्यान) ले शनिबार गोलाप्रथाका आधारमा टोलीको मार्की खेलाडीको छनोट गरी उनीहरुले पाउने रकम समेत उल्लेख गरेको हो ।

गोलाप्रथामा काठमाडौँको मार्की खेलाडीमा करण केसी, पोखराको कुशल भुर्तेल, विराटनगरको सन्दीप लामिछाने, चितवनको कुशल मल्ल, लुम्बिनीको रोहितकुमार पौडेल, जनकपुृरको आसिफ शेख, कर्णालीको सोमपाल कामी र सुदूरपश्चिमको मार्की खेलाडीमा दीपेन्द्रसिंह ऐरी रहेका छन् ।

एनपिएल आगामी मङ्सिर १६ देखि पुस ६ गतेसम्म हुनेछ । जसमा आठ वटा फ्रेन्चाइज टोलीबिच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्