झापा, भदौ २९ । झापाको बाह्रदशी –५ स्थित घोडामारा आधारभूत विद्यालयको ४३ औँ वार्षिक उत्सव एवं सीता भवानी खरेल अक्षय कोषद्वारा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ।

दुर्गम स्थानको विद्यालयमा अप्ठ्यारो परिस्थितिमा रहेका विद्यार्थीहरूको शैक्षिक सुधारको निमित्त २०७१ सालमा स्थानीयवासी, विद्यालयका संस्थापकहरुमध्ये एक दम्पती भवानीप्रसाद खरेल एवं सितादेवी खरेलले रु १ लाखको अक्षय कोष स्थापना गरेका थिए । उक्त रकममा थप गरी अहिले रु २ लाख ५० हजार बनाइएको छ। २०७२ सालदेखि आधारभूत तह उत्तीर्ण परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कृत गरिँदै आएको छ। यसै क्रममा शैक्षिक सत्र २०८० मा आधारभूत तह उत्तीर्ण परीक्षामा सर्वोत्कृष्ट अङ्क प्राप्त गरी उत्तीर्ण हुने विद्यार्थीहरुलाई सीता भवानी खरेल शैक्षिक प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ।

उक्त कार्यक्रममा प्रथम स्थान प्राप्त गर्ने समीका पाठकलाई रु ५ हजार ४०० तथा छात्रतर्फ प्रथम हुने विद्यार्थीद्वय समीर मैनाली र बुद्धिराज भण्डारीलाई जनही रु ३ हजार ६०० तथा प्रमाणपत्र प्रदान गरिएको थियो। साथै सन्थाल समुदायबाट प्रथम स्थान प्राप्त गर्न सफल विद्यार्थी सागर सोरेनलाई रु ३ हजार ६०० तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा जय तिम्सिना, नरप्रसाद खरेल, रविलाल खरेल, पूर्व प्रधानाध्यापक गोविन्दप्रसाद उप्रेती, दिलिपकुमार प्रधान, रेणुका उप्रेती, टेक नारायणसिंह राजवंशी, जयनारायण सुवेदी, अमर योङहाङ, दिलबहादुर गुरुङ, अक्षय कोष दाता भवानीप्रसाद एवं सितादेवी खरेल, मेदनी उप्रेती, तुलसी पाण्डे, ऋतुकान्त खरेल, गुरूप्रसाद घिमिरेलगायतको उपस्थिति रहेको थियो।

विद्यालयलाई नगद तथा जिन्सी सरसामान प्रदान गरेर सहयोग पु¥याउने वीरेन्द्र खरेल, रोजिना पराजुली, भूमि कडरिया,अरुणकुमार सिंहलगायत विभिन्न व्यक्ति तथा संघ संस्थाहरूलाई सम्मान गरिएको थियो। प्रमुख अतिथि बाह्रदशी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष वीरबहादुर सिंह राजवंशी रहेको उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यदुराम उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको थियो।

विविध सांस्कृतिक प्रस्तुती समेत रहेको विद्यालयको वार्षिक उत्सव कार्यक्रममा अक्षय कोष सञ्चालन समितिका संयोजक तुलसीराम खरेल, कट्टरडाँगी आधारभूत विद्यालयका प्रधानाध्यापक दिलबहादुर गुरुङ जयनारायण सुवेदीलगायतले सम्बोधन गरेका थिए । कार्यक्रम विद्यालयका प्रधानाध्यापक कमल चम्लागाईंले सञ्चालन गरेका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्