भद्रपुर, भदौ २९ । झापाको भद्रपुर –१० कलवलगुडीमा रहेको नागेश्वर ज्योतिर्लिङ्ग कल्पेश्वर देउनियाधाम काली मन्दिरसंगै जोडिएको नवनिर्मित शिव मन्दिरको उद्घाटन भएको छ ।

नेपाल गौ संरक्षण समिति झापाको अगुवाईमा गत वर्ष शिलान्यास गरिएको मन्दिरको समाजसेवी ९६ बर्षीय जेष्ठ नागरिक भरतकुमार सुवेदीले उद्घाटन गरेका हुन् । कार्यक्रममा निर्माण समितिका कोषाध्यक्ष डिल्ली दुलालले प्रतिवेदन प्रस्तुत गर्दै स्थानीय दाताको २लाख ३६ हजार १ सय ६७ रुपैयाँको सहयोगमा पक्की मन्दिर निर्माण गरिएको बताए । कार्यक्रममा समाजसेवी सुवेदीलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

निर्माण समिति अध्यक्ष दुर्गाप्रसाद पाठकको अध्यक्षता तथा सचिव कृष्णप्रसाद पाठकले संचालन गरेको कार्यक्रममा समाजसेवीहरु देवेन्द्र गौतम, भेलागुडी वन समितिका सचिवलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्