झापा, भदौ २९ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ खेसेवामा पहिरोसहित खसेको ढुंगाले लाग्दा  घाइते भएकी महिलाको मृत्यु भएको छ ।
   गुडिरहेको जिपमा सवार महिलालाई ढुंगाले लागेको थियो  । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार सदरमुकामबाट फक्ताङलुङतर्फ जाँदै गरेको मे १ ज १३६२ नम्बरको जिपमा सवार फक्ताङलुङ–३ तावाकी निर्मला गुरुङ घाइते भएकी थिइन् । घाइते निर्मलालाई जिल्ला अस्पताल ताप्लेजुङमा  साँझ ६ः४० बजे ल्याई डाक्टरले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको  जानकारी दिएका थिए । पिकअप तथा पिकअप चालकलाई  प्रहरी चौकी शिवामा ल्याएर राखिएको प्रहरीले जनाएको छ 

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्