झापा, भदौ ३० । छोराले आत्महत्या गरेको दुई महिना नवित्दै त्यसैको पीरले झापा मेचीनगरका एक वृद्धले पनि झुन्डिएर आत्महत्या गरेका छन् ।

शनिवार विहानको राति अन्दाजी १.५० बजे मेचीनगर नगरपालिका १० लालपानी बस्ने ६८ वर्षीय धिरन राजवंशीले झुन्डिएर आत्महत्या गरेका हुन् । उनी आफ्नो भान्सा घरको बरन्डा कोठामा काठको बलोमा झुन्डिएको प्रहरीले जनाएको छ । राजवंशीका जेठा छोरा दीपकले करिव दुई महिनाअघि विष सेवन गरी आत्महत्या गरेका थिए ।
छोराले आत्महत्या गरेपछि उनी विक्षिप्त बनेका थिए ।स्थानीयका अनुसार ‘मैले मर्नु पथ्र्यो मेरो छोरा नै मर्यो , मैले बाँचेर के गर्नु ?’ भनेर राजवंशीले पीर गर्ने गरेका थिए । राजवंशीका दुई जना छोरामध्ये कान्छा छोरा बैदेशिक रोजगारीका लागि खाडी देश गएको इलाका प्रहरी कार्यालय धुलावारीका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले बताए ।



