विनोद सापकोटा,
झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल हिजोदेखि झापामा छन् ।

प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापामा उनी हिजो साँझ आइपुगेका हुन् । झापा आएपछि बिर्तामोडको होटल टाईमलेसमा रात बसेका उनी आज विहान ‘मर्निङवाक’ मा पार्टीका अन्य नेता तथा कार्यकर्तासंग भेटिए ।
होटल टाईमलेसबाट सुरु भएको प्रचण्डको ‘मर्निङवाक’ मुक्ति चोक, कृषि थोक बजार, महानन्द चोक, बसपार्क र गिरीवन्धु टि इस्टेटको पश्चिमी भागको सडक हँुदै पुनः टाईमलेस होटल आइपुगेको पार्टीका शिवसताक्षी नगर अध्यक्ष महेन्द्र भट्टराईले बताए । ‘मर्निङवाक’मा कोशी प्रदेशमा उपलब्ध केन्द्रीय तथा प्रदेश स्तरीय नेता कार्यकर्ता पनि थिए । पार्टी स्रोतका अनुसार प्रचण्ड आज अपरान्ह काठमाण्डौ फर्कने छन् ।


अध्यक्ष दाहालले आज बिर्तामोडमा आयोजित कार्यक्रमलाई संबोधन गर्दैछन् । पार्टी स्रोतका अनुसार कार्यकर्ता प्रशिक्षण भनिएपनि अन्य पार्टी परित्याग गरि राजनीतिमा चिनिएका व्यक्तिलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ । पार्टीले चलाएको पूर्वेली जनसंगठन सुदृढीकरण अभियानसँगै झापामा माओवादीको अवस्था सुधार हुँदै गएको दावीसहित साढे ५ वर्षपछि पार्टी अध्यक्ष दाहाल झापा आएका हुन् । यसअघि प्रधानमन्त्री केपी ओलीसंगै प्रचण्ड झापा आएर पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गरेका थिए ।
पूर्वाञ्चल क्यान्सर अस्पतालका संचालक दुर्गा प्रसाईँ यतिवेला राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानमा छन् । नेकपा एमालेको केन्द्रीय सदस्यबाट राजीनामा दिएपछि प्रसाईँले यो अभियान संचालन गर्दै आफ्नो प्रभाव देशैभरी पारिरहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्