झापा , भदौ ३० । धनकुटाको महालक्ष्मी नगरपालिका– १ कटहरेका २९ बर्षीय बिजय दर्जीले आफ्नै श्रीमती २६ बर्षीया सरिता दर्जीलाई खुकुरी प्रहार गरी वीभत्स हत्या गरेका छन् । हत्यापछि उनले आत्महत्याको प्रयास गरेका छन् ।

आज बिहान रातको अन्दाजी १२.१० बजे दर्जीले श्रीमती सरितालाई पारिवारिक कलहका कारण धारिलो हतियार खुकुरी प्रहार गरी बीभत्स हत्या गरेका हुन् । श्रीमतीलाई खुकुरीले पेट र हातको पाखुरामा प्रहार गर्दा भुँडी बाहिर निकालिदिएका छन् । साथै उनले पनि आत्महत्या गर्न खुकुरीले आफ्नो भुँडीमा रोप्दा आन्द्रा बाहिर निकालेर गम्भीर घाइते भएका छन् ।

छिमेकीले थाहा पाएर प्रहरीलाई खबर गरी उपचारका लागि राति नै जिल्ला अस्पताल ल्याउँदा श्रीमतीको बाटोमै मृत्यु भएको थियो ।श्रीमानलाई थप उपचारका लागि राति नै जिल्ला अस्पतालबाट घोपा धरान लगिएको छ । श्रीमतीको शव धनकुटा जिल्ला अस्पतालको पोस्टमार्टम घरमा राखिएको प्रहरीले जनाएको छ ।

दर्जीको बिगतमा मानसिक संतुलन ठिक नभएको र हत्याको कारण पारिवारिक झैझगडा र मदिरा सेवन भएको बुझिएको छ ।उनीहरुका ११ र ५ वर्षीया दुई छोरी रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्