बिर्तामोड, भदौ ३१ । विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई विगत पाँच वर्षदेखि शैक्षिक परामर्श सेवा दिँदै आएको स्टडी पार्क एजुकेशन बिर्तामोडले शैक्षिक मेला आयोजना गर्ने भएको छ ।

स्टडी पार्कले असोज १ गते बिर्तामोडस्थित सिटी सेन्टरमा ‘पूर्वाञ्चल एजुकेशन फेयर’ आयोजना गर्ने भएको हो ।

स्टडी पार्कले आइतबार बिर्तामोड पत्रकार सम्मेलन गरेर शैक्षिक मेलाको तयारीबारे जानकारी दिएको हो । शैक्षिक मेलाका संयोजक मदन बुढाथोकीका अनुसार विदेश अध्ययनका लागि जान चाहने विद्यार्थी र अभिभावकलाई सहजताका लागि शैक्षिक मेलाको आयोजना गरिएको हो ।

मंगलबार बिहान ९ बजेदेखि शुरु हुने शैक्षिक मेलामा विभिन्न पुस्तकका स्टल, स्वास्थ्य शिविरसहित ३०० वटा युनिभर्सिटी र कलेजका बारेमा जानकारी लिन सकिने बुढाथोकीले बताए । मेलामा १० वटाभन्दा बढी स्टल रहने छन् । प्रदेश स्तरीय सो मेलामा दुई हजारभन्दा बढी सहभागी हुने उनले अनुमान गरेका छन् । स्टडी पार्क एजुकेशनको इलाम बजार , फिक्कल र भद्रपुरमा शाखा रहेको छ । इलाम शाखामा समेत असोज २ गते शैक्षिक मेलाको आयोजना गरिने उनले जानकारी दिए ।

विदेश अध्ययनका लागि जाने विद्यार्थीहरुलाई परामर्श दिदै आएको स्टडी पार्कले यसअघि दुईवटा सेमिनार सम्पन्न गरेको सञ्चालक सरोज पौडेलले बताए । उनले न्यूनतम शुल्कमा लोकसेवाका कक्षाहरु असोज ६ गतेदेखि सञ्चालन गर्ने जानकारी दिए । जापान र कोरिया जान चाहने विद्यार्थीहरुलाई भाषा कक्षा संचालन गर्दै आएको स्टडी पार्कमा करिव सयजना विद्यार्थी अध्ययनरत रहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्