झापा , भदौ ३१ । इलाम र ओखलढुंगामा डुबेर दुईजनाको मृत्यु भएको छ ।

आज दिउँसो अन्दाजी १५ः३० बजे इलाम नगरपालिका १० स्थित दोलखा हाईड्रोपावर नजिक माईखोलामा तत्काल नाम थर वतन नखुलेका पुरुषको शव फेला परेको हो । प्रहरी चौकी गोलाखर्कबाट प्रहरी टोली खटिएर अनुसन्धान तथा कानुनी प्रकृया पुरा गरि पोस्टमार्टमको लागि जिल्ला अस्पताल इलाम पठाएको जनाइएको छ ।
त्यस्तै आज मध्यान्ह १२ बजे ओखलढुंगा सुनकोशी गाउँपालिका १ खुजिमास्थित सुनकोशी नदीमा पुरुषको शव फेला परेको छ । पानीको दहमा शव घुमिरहेको भन्ने खवर प्राप्त भएपछि प्रहरी टोली तथा सशस्त्र प्रहरी बल समेतको टोली आई उक्त शवलाई पानीबाट बाहिर निकालेको थियो । सो शवको तत्काल पहिचान हुन नसकेको प्रहरीले जनाएको छ