झापा , असोज १ । धनकुटाको पाख्रीवास नगरपालिका वडा नम्बर ७ थाक्लेमा गोठ भत्किँदा ११ वटा चौपाया मरेका छन् ।

गएराति सवा १२ बजे पाख्रीवास ७ थाक्ले बस्ने ५५ वर्षीया सोमा तामाङको ढुंगा, माटोको गारो, फुस्को छानो भएको गोठ भत्किँदा २ वटा गोरु, एउटा बाछी, ४ वटा बोका र ४ वटा माउ बाख्रा मरेका हुन् । उक्त गोठ पुरानो जीर्ण भई आफै लडेको र गोठले किचेर चौपाया मरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्