झापा, असोज १ । झापाका प्रगतिशील साहित्यकार तथा समालोचक पुण्य खरेलको निधन भएको छ ।

६३ वर्षीय खरेलको आज बिहान काठमाडौमा निधन भएको हो । बिर्तामोड नगरपालिका–५ निवासी मेची बहुमुखी क्याम्पसका उपप्राध्यापक खरेलको हृदयघातबाट निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

नेपाल प्रगतिशील प्राध्यापक संगठन एकाई समिति मेची बहुमुखी क्याम्पसका अध्यक्ष रहेका खरेलको एउटा समालोचना कृति प्रकाशित रहेको छ । भाषा तथा साहित्य विषयको अध्येता समेत रहेका उनी एक साताअघि मुटुमा सामान्य समस्या भएपछि उपचारका लागि काठमाडौं गएका थिए । उनको काठमाडौंमै निधन भएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्