बिर्तामोड, असोज १ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल प्रजातन्त्र सेनानी संघ झापाले प्रजातन्त्र सेनानी एवं दिवंगत सेनानीका परिवारको लगत संकलन गर्ने भएको छ ।

प्रजातन्त्र सेनानी संघ झापाका अध्यक्ष लिलक सिटौलाको अध्यक्षतामा गिरिजाप्रसाद कोइराला स्मृति भवनमा सम्पन्न पहिलो बैठकले कांग्रेस स्थापनाकालदेखि २०४६ सालसम्म पार्टीमै रहेर ओझेलमा परेका तथा दिवंगत प्रजातन्त्र सेनानीका परिवारको लगत संकलन गर्ने निर्णय गरेको प्रवक्ता ज्ञानमणि भुर्तेलले जानकारी दिए ।

कांग्रेस स्थापनाकालदेखि पार्टीमै सक्रिय रहेका तर विभिन्न कारणले ओझेलमा परेका प्रजातन्त्र सेनानीको लगत संकलन र खोजी कार्यले कांग्रेसलाई जीवन्त राख्न कोशेढुङ्गा सावित हुने प्रवक्ता भुर्तेलले बताए ।

यसैगरी संघको विधानअनुसार नेपाल प्रजातन्त्र सेनानी संघको उपाध्यक्ष र प्रवक्तामा ज्ञानमणि भुर्तेल तथा कोषाध्यक्षमा सूर्य ढुङ्गाना मनोनित भएका छन् । विधानले अध्यक्षलाई दिएको अधिकार प्रयोग गरी निर्वाचित सदस्यमध्येबाट उपाध्यक्ष र कोषाध्यक्ष मनोनित गरिएको सचिव पंकज घिमिरेले जानकारी दिए ।

संघको विधानअनुसार १ उपाध्यक्ष, १ सहसचिव र १ कोषाध्यक्ष मनोनित गर्ने ब्यवस्था छ । साथै निर्वाचित कार्यसमितिको २० प्रतिशत सदस्य अध्यक्षले मनोनयन गर्ने ब्यवस्था विधानमा उल्लेख छ ।

गत भदौ २५ गते सम्पन्न जिल्ला अधिवेशनबाट लिलक सिटौलाको अध्यक्षतामा प्रजातन्त्र सेनानी संघ गठन भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्