झापा, असोज १ । बोल्न नसक्ने एकजना बृद्ध झापा हल्दिवारीको चिया बगानमा बेवारिसे अवस्थामा फेला परेका छन् ।

तत्काल नाम, थर, वतन नखुलेको , कालो वर्ण , बोल्न नसक्ने , इशारा मात्र गर्न सक्ने अन्दाजी ६५ वर्षका बृद्ध हल्दिबारी गाउँपालिका २ बस्ने लालकेशर थापाको चिया बगान छेउमा बिहान ८.३० बजे फेला परेका हुन् ।

प्रहरी चौकी हल्दिबारीबाट प्रहरी टोली खटिएर स्थानीयबासीसंग समन्वय गरी उनलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयकी निमित्त प्रवक्ता प्रहरी निरीक्षक मेहेगी ल्हामु तामाङले जानकारी दिएकी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्