झापा, असोज १ । झापाको बिर्तामोड ६ स्थित बुट्टाबारीमा अत्याधुनिक प्रविधिबाट टायरको हट रिसोलिङ सेवा शुरु भएको छ ।

शिवशक्ति टायर रिसोलिङ उद्योगले उक्त सेवा आज मंगलवारदेखि सञ्चालनमा ल्याएको हो । शिवशक्तिले भारतको केरेलाबाट मिडास कम्पनीको रबर नेपालमै पहिलो पटक भित्र्याएर हट रिसोलिङ सेवा सुचारु गरेको सञ्चालक गौरी भण्डारीले जानकारी दिए ।
उद्योगले भित्र्याएको हट टायर रिसोलिङ गर्ने अत्याधुनिक मेशिनको एक कार्यक्रमका बिच प्रमुख अतिथि बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, बिशिष्ट अतिथि नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
उनीहरुले टायरको हट रिसोलिङ सेवाले गाडी व्यवसायीलाई फाइदा पुग्ने बताए । रिसोलिङ गरेको टायर नयाँजत्तिकै बलियो तथा टिकाउ हुने हुँदा व्यवसायीलाई आर्थिक भारसमेत कम पर्न जाने उनीहरुको भनाई थियो ।
शिबशक्तिले धेरै बर्ष पहिलादेखि नै कोल्ड रबर रिसोलिङ सेवा भने दिँदै आएको छ । बिगत १६ बर्षदेखि शिबशक्तिले बिर्तामोडमा सेवा प्रदान गर्दै आएको छ । नयाँ टायर खरिद गर्नुभन्दा मिडास कम्पनीको रबर मेशिनद्धारा रिसोलिङ गर्दा धेरै नै सस्तो पर्न जाने शिबशक्तिका सञ्चालक गौरी भण्डारीको भनाई छ । उनले नयाँ खरिद गर्नुभन्दा यो कम्पनीको रबर लगाएर टायर रिसोलिङ गर्दा कम्तीमा पनि ५० प्रतिशत खर्च कम आउने बताए । उनले टायरहरु ग्यारेन्टीका साथ रिसोलिङ गरिने बताए ।