झापा, असोज २ । संखुवासभाको मकालु गाउँपालिका–३ समाटारमा ट्याक्टर दुर्घटना हुदा बुधबार २ जनाको घटनास्थलमै मृत्यु भएको छ । खाँदबारी किमाथांका सडकखण्डको वरुणबाट खाादबारी आउने क्रममा ट्याक्टर भिरबाट खसेको थियो ।

खाँदबारी नगरपालिका–८ विश्नेधाराका चालक किरण श्रेष्ठ र सहचालक उदित श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए । उनका अनुसार ट्याक्टर भिरबाट करिब ३ सय मिटर तल खसेको छ । ट्याक्टर अरुण नदीले बगाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्