झापा, असोज २ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा दिवसको अवसर पारेर प्रधानाध्यापक अम्विका श्रेष्ठलाई पुरस्कृत गरेको छ ।

बिर्तामोड नगरपालिका– ५ मा रहेको देवी माध्यमिक विद्यालयकी प्रधानाध्यापक श्रेष्ठलाई यस वर्षको राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरिएको हो । श्रेष्ठले नेतृत्व गरेसंगै विद्यालयमा विद्यार्थीको चाप बढ्नुका साथै शैक्षिक गुणस्तरमा समेत सुधार आएको भन्दै प्रधानाध्यापक श्रेष्ठलाई झापा जिल्लाबाट छनौट गरी पुरस्कृत गरिएको हो । उनलाई शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएबापत राष्ट्रिय शिक्षा पुरस्कारस्वरूप प्रमाणपत्र प्रदान गरिएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा दिवसको अवसर पारेर श्रेष्ठसहित देशभरका सामुदायिक विद्यालयका ७४ जना शिक्षकलाई सम्मान गरेको हो । मन्त्रालयले बोलाएपछि आफू पुरस्कार लिन जाने उनले बताइन् । मन्त्रालयका अनुसार कोशी प्रदेशबाट १४ जना, मधेशका आठ, वाग्मती प्रदेशका १३, गण्डकी प्रदेशबाट ८, कर्णाली प्रदेशबाट १० जना, सुदूरपश्चिम प्रदेशबाट ९ जनालाई शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएबापत राष्ट्रिय शिक्षा पुरस्कारस्वरूप प्रमाणपत्र प्रदान गरिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्