कुमरखोद, असोज २ ।संविधान दिवसको अवसर पारेर झापा गाउँपालिकामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

झापा गाउँपालिका वडा नं २ मा रहेको सेन्ट जेवियर्स स्कुल सडकवारीको आयोजनामा अन्तर स्कुल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा सेन्ट जेवियर्स स्कुलका दुई टीमसहित ६ वटा निजी तथा आवासीय विद्यालयहरुको सहभागिता रहेको थियो । झापा गाउँपालिकाका चार र अन्य पालिकाका दुई विद्यालय सहभागी भएका थिए ।

प्रतियोगितामा चन्द्रज्योति मावि शरणामती, मोरन मेमोरियल मावि महेशपुर , सेन्ट जेवियर्स स्कुल देउनिया , जय पाथीभरा मावि शरणामती , वन्डर लाइफ एकाडेमी झापा बजार , सेन्ट जेवियर्स स्कुल सडकवारीले भाग लिएका थिए ।

हाजिरीजवाफ प्रतियोगितामा सेन्ट जेवियर्स स्कुल सडकवारी प्रथम , चन्द्रज्योति मावि शरणामती दोस्रो र सेन्ट जेवियर्स स्कुल देउनिया तेस्रो भएका छन् । सेन्ट जेवियर्स सडकवारी स्कुलका मिसन इन्चार्ज फादर भिक्टर वेक एस.जे.ले विजेता विद्यार्थी टीमहरुलाई ट्रफी,मेडल र प्रमाणपत्र वितरण गरेका थिए । त्यस्तै प्रतियोगितामा भाग लिएका अन्य विद्यार्थीहरुलाई पनि प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्