झापा, असोज २ । इलामको चुलाचुली वडा नं १ मा अजिंगरले गोठमा बाँधेका दुईवटा बाख्रा खाएको छ ।

आज मध्याह्न स्थानीय तारा फागोको गोठनजिकै बाँधिएका बाख्रा अजिंगरले खाँदै गरेको देखेपछि फागोले प्रहरी तथा वनका कर्मचारीलाई खबर गरेका थिए । करिब ४० किलोको अजिंगर प्रहरी र वनका कर्मचारीले उद्धार गरी अपराह्न ४ बजेतिर जंगलमा लगेर छाडेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्