झापा , असोज २ । आज साँझ लागूऔषधसहित पाँचथरको फिदिममा एकजना पक्राउ परेका छन् ।

साँझ ६ बजे फिदिम –७ स्थित रानीटार स्थायी घर भई हाल फिदिम – २ स्थित पल्लोटारमा डेरा गरी बस्ने बर्ष २३ का राम लिम्बूले ब्राउनसुगर किनबेच गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले खानतलासी गरेको थियो । डेरामा गई खानतलासी गर्दाको २८० मिलिग्राम ब्राउनसुगर फेला परेको छ ।

उनलाई लागूऔषधसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पाँचथरमा ल्याई थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्