बिर्तामोड , असोज ३ । संविधानविरोधी समूहले झापाको बिर्तामोडमा टायर बालेर विरोध गरेका छन् ।

आज बिहान ३ः४५ बजे बिर्तामोड–२ चारपानेस्थित पूर्व–पश्चिम राजमार्गमा ४–५ जनाको समूहले सडकको बीचमा ४ वटा सानो टायर बालेका हुन् । टायर बालेर सो समूह फरार भएको छ ।

मोटरसाइकलमा आएका व्यक्तिहरु टायर बालेर फरार भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । उनले आफ्नो कार्यालयबाट खटिएको टोलीले टायरको आगो निभाएको जानकारी दिए ।

उक्त स्थानमा कोही शंकास्पद ब्यक्ति तथा पर्चा फेला नपरेको प्रहरीले जनाएको छ । संविधानको बिरोध गर्ने समूहले टायर बालेर फरार भएको हुन सक्ने बुझिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्