झापा, असोज ३ । चलचित्र ‘छक्कापञ्जा ५’ को ‘फर्स्ट लुक’ सहितको साङ्गीतिक भिडियो सार्वजनिक भएको छ । पहिलो पटक चलचित्रले ‘क्यारेक्टर लुक्स’ सहितको गीत सार्वजनिक गरेको हो ।

‘ब्रेकअप सङ’ बोलको गीतमा चलचित्रका मुख्य कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, वर्षा सिवाकोटी, मेक्सम गौडेललगायत देखिएका छन् । बाबुल गिरीको शब्द, सङ्गीत, एरेन्ज र स्वरमा गीत तयार भएको छ ।

कमेडियन गौडेल, सुरवीर पण्डित र रामेश्वर केसी पनि गीतमा समावेश छन् । गीतमा दीपक र माग्ने बुढाले ब्रेकअप अङ्कित सुट लगाएका छन् । प्रेमीले प्रेमिकालाई पोखेको आक्रोशका कुरा गीतमा दर्साउन खोजिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्