झापा , असोज ३ । ताप्लेजुङमा दहमा डुबेर एकजनाको मृत्यु भएको छ ।

आज दिउँसो १ बजे ताप्लेजुङ मेरिङदेन गाउँपालिका–३ माटेस्थित मेवा खोलामा जमेको पानीको दहमा डुबेर युनाईटेड मेवाखोला हाइड्रोपावरमा काम गर्ने मेरिङदेन–२ माइकु बस्ने अन्दाजी २१ वर्षीय लाक्पा शेर्पाको मृत्यु भएको हो ।

उक्त दहमा पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएका शेर्पाको शव स्थानीयको सहयोगमा बाहिर निकालिएको थियो । प्रहरी चौकी सान्थाक्राबाट प्रहरी टोली खटिएर आवश्यक कानुनी प्रक्रिया पुरा गरेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्