झापा, असोज ३ । संविधानको विरोधमा राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले मेचीनगरको चारआलीमा मसाल जुलुस निकालेको छ ।

राप्रपाले असोज ३ गतेलाई कालो संविधान कालो दिवसको रुपमा मनाउनेक्रममा मेचीनगर –१३ स्थित श्रीनाथ ट्रेडर्स अगाडिबाट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन मेचीनगरको आयोजनामा नगर अध्यक्ष सोभित श्रेष्ठको नेतृत्वमा करिब १५ जनाको उपस्थितिमा ‘गणतन्त्र मुर्दावाद, संविधान दिवस मुर्दावाद, संघीयता खारेज गर, बिभेदकारी संविधान खारेज गर, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ जस्ता नाराहरु लगाउँदै मसाल जुलुस निकालिएको हो । चारआली चोकमा आइपुगेपछि प्रहरीले मसालहरु नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्