झापा, असोज ४ । ओखलढुङ्गा कारागारमा कैदीबन्दीबिच झडप भएको छ । कारगारको नाइके र सहनाइकेले आर्थिक शोषणका साथै अपचलन गरेको आरोपमा झगडा भएको बताइएको छ । कैदीबन्दीको आक्रोशित भीड नाइके र सहनाइकेमाथि खनिएको थियो ।
कारागारमा तनाव सिर्जना भएपछि नाइके र सहनाइकेलाई नुवाकोट स्थानान्तरण गरिएको कारागार प्रशासक जेलर लेखनाथ दाहालले बताए । “अवस्था तनावपूर्ण बनेपछि तत्कालको लागि कारागारमा रहेका नाइके र सहनाइकेलाई नुवाकोट कारागारमा स्थान्तरण गरिएको छ,“ जेलर दाहालले भने । कारागारमा यस्ता घटना बेलाबेलामा भइरहने भएपनि कैदी र नाइके तथा सहनाइकेबिच धेरै असमझदारी बढेपछि झगडाको अवस्था सिर्जना हुने गरेको दाहालले बताए । आगामी दिनमा यस प्रकारका घटना हुन नदिनका लागि कारागार प्रशासन थप गम्भीर रहनेसमेत उनको भनाइ छ ।
यस्तै, कारागारमा क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दीहरु रहेकै कारण यस्ता समस्या हुने उनले उल्लेख गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्