झापा , असोज ४ । चक्काजाम गर्न खोज्ने दुर्गा प्रसाईका १० जना समर्थक पक्राउ परेका छन् ।

सुनसरीको इटहरीबाट प्रहरीले बन्दकर्ताहरुलाई पक्राउ गरेको हो । इटहरी उपमहानगरपालिका– ६ स्थित टेंग्रा पुलनजिकबाट जीवन श्रेष्ठ , गीतादेवी चौधरी, सारदा भट्टराई , शरद तामाङ, विकास उप्रेती , धु्रव खड्का , मणि विक , हरि पोखरेल , रामबहादुर बस्नेत र कमल खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

राष्ट्र राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानको कोशी प्रदेश कार्यालयको आयोजनामा प्रदेश उपाध्यक्ष ओम प्रसाईंको अगुवाईमा चक्काजाम गर्न खोजिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्