झापा, असोज ४ । भारतबाट ठूलो मात्रामा लागूऔषध भित्र्याउन खोज्ने एक भारतीयसहित दुईजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

आज साँझ ६ बजे मेचीनगर– ४ स्थित भन्सार टुङ्ग मलामी टहरानजिक मेची खोला पश्चिममा प्लास्टिकसहित ६६.७८० ग्राम ब्राउनसुगरसहित झापा शिवसताक्षी– १ धरमपुर घर भएका २३ वर्षीय बिशाल खड्का र भारत दार्जिलिङ जिल्ला किलारामजोत ताराबारी बस्ने १७ वर्षीय सरोज माझीलाई पक्राउ गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल बीओपी बाहुनडाँगीबाट सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्रमणि राईको कमाण्डमा खटिएको गस्ती टोलीले WB 74B K2438 भारतीय नम्बरको स्कुटीलाई शंका लागेर चेकजाँच गर्नेक्रममा खड्का र माझीको साथबाट सो लागूऔषध बरामद भएको थियो ।

दुवैजनालाई आवश्यक कार्बाहीको लागि इलाका प्रहरी कार्यालय बाहुनडाँगी बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेक्वाका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन पोख्रेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्