झापा, असोज ४ । पक्राउ पुर्जी जारी भएका दुर्गा प्रसाईका समर्थकहरुले बिर्तामोडमा मसाल जुलुस निकालेका छन् ।

आज साँझ वान स्टप मल अगाडिबाट राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान झापा र भ्रातृ संगठन नागरिक प्रतिरक्षा बल (पीडीएफ) झापाको संयुक्त आयोजनामा मसाल जुलुस निकालिएको हो ।

“केपी ओली मुर्दावाद, भ्रष्ट सरकार मुर्दावाद, पक्राउ पुर्जी खारेज गर, दुर्गा प्रसाईं जिन्दावाद” जस्ता नाराहरु लगाउँदै मसाल जुलुस मुक्ति चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

मसाल जुलुसमा अभियानका झापा जिल्ला संयोजक रामचन्द्र मैनालीको नेतृत्वमा पीडीएफका झापा जिल्ला संयोजक भीम तुम्बापोसहित करिब १५० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्