झापा , असोज ५ । झापाको कन्काई नदीमा डुबेर एकजनाको मृत्यु भएको छ ।

शिवसताक्षी नगरपालिका १० स्थित टेक्रामा पानीमा डुबिरहेको अवस्थामा केहीबेरअघि एउटा बेवारिसे शव फेला परेको हो । उतानो परेको , अनुहार पानीमा डुबेको करिव ४० वर्षको जस्तो देखिने पुरुषको शव माछा मार्नेहरुले देखेपछि प्रहरीलाई खबर गरेका गरेका थिए ।

घटनास्थलमा प्रहरी टोली पुगेर सर्जमिन मुचुल्का बनाउने र शवको पहिचान खुलाउने कार्य भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुशिल थापा मगरले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्