झापा, असोज ५ । मोरङको पथरीमा आजबाट अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम इन्ट्रा पथरी शनिश्चरे गोल्डकप प्रतियोगिता सुरु हुँदै छ ।

ए डिभिजन राष्ट्रिय लिग खेल्ने संंकटा फुटबल क्लब र ब्रिगेड ब्वाइज क्लबसहित ८ टिमले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको उद्घाटन खेलमा आज पाँचथर क्लबले आयोजक पथरी ११ फुटबल क्लबसंग प्रतिस्पर्धा गर्ने छ ।

पाँचथर क्लब र आयोजक पथरी ११ फुटबल क्लबबिचको खेल प्रस्तावित पथरी शनिश्चरे रंगशालामा दिउँसो २ बजे हुनेछ । राम्रो तयारीसहित पाँचथर क्लब पथरी शनिश्चरे गोल्डकपमा सहभागी भएकाले राम्रो नतिजाको आश गरिएको पाँचथर क्लबका उपाध्यक्ष कमल तुम्रोकले जानकारी दिए ।

प्रतियोगितामा संकटा क्लब, ब्रिगेड ब्वाइज क्लब, भारतीय क्लब यूकेएफसी, झापा ११, पाँचथर क्लब, सहलेस फुटबल क्लब सिरहा, धरान सिटी क्लब र आयोजक पथरी ११ ले प्रतिस्पर्धा गर्ने भएका छन् ।

प्रतियोगिताका विजेताले ट्रफीसहित तीन लाख रुपैयाँ नगद पुरस्कार पाउने छन् भने उपविजेताले नगद दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकका सन्तोष राईले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्