झापा , असोज ५ । मोटरसाइकलको सिट कभरमुनि लुकाएको अवस्थामा ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् ।

आज दिउँसो १ बजे सुनसरीको कोशी गाउँपालिका १ यादव टोलमा भारतीय सीमा क्षेत्रबाट आउँदै गरेको को.६ प.३०६७ नम्बरको मोटरसाइकललाई सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्दा मोटरसाइकलको सिट कभरमुनि लुकाएको अवस्थामा ६.९७० ग्राम ब्राउनसुगर फेला परेको थियो ।

ब्राउनसुगरसहित इटहरी १७ का बर्ष २४ का समिम मिया र रामधुनी ३ बस्ने अन्दाजी बर्ष २८ का अमित चौधरीलाई नियन्त्रणमा लिएको र सोबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्