झापा , असोज ५ । दुई सातादेखि हराइरहेका एक बालकको कंकाल आज फेला परेको छ ।

मोरङ केराबारी गाउँपालिका- ६ आहाले बस्ने पदमबहादुर तामाङका १४ वर्षीय छोरा दिपबहादुर तामाङ गत भदौ २३ गते कोही कसैलाई नसोधी घरबाट हिडेका थिए । आज दिउँसो १ बजे केराबारीस्थित आहा सामुदायिक वनभित्र उनको कंकाल फेला परेको हो ।

इलाका प्रहरी कार्यालय केराबारीबाट प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखिएको र थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इप्रका बेलबारीबाट टोली खटिगई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्