झापा, असोज ५ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की झापाका विभिन्न कार्यक्रममा सरिक भएका छन् ।
उनले शनिवार भद्रपुर- १० स्थित प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको परिषद बैठकको अध्यक्षता गरेका थिए । बैठकमा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला,भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेललगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै उनले भद्रपुर- ७ स्थित कृष्ण द्वैपायन गुरुकुलमा गुरु आवास उद्घाटन गरेका छन् । मुख्यमन्त्री कार्कीको प्रमुख आतिथ्य रहेको कार्यक्रमको अध्यक्षता कृष्ण द्वैपायन गुरुकुलकी अध्यक्ष सिता बरालले गरेकी थिइन् । कार्यक्रममा जिल्लास्थित सुरक्षा निकाय प्रमुखहरु प्रजिअ बास्तोला, नगर प्रमुख पोखरेल, उपप्रमुख राधा कार्कीलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रादेशिक अस्पताल भद्रपुरका प्रमुख डा. रामबाबु खड्का ,बरिष्ठ अधिवक्ता कुलप्रसाद दाहाललगायत १५ जना सामाजिक ब्यक्तिवहरुलाई सम्मान गरिएको थियो ।