झापा,असोज ८ । विद्यार्थीले जुनसुकै तहको परीक्षामा एआईको प्रयोग गरे त्रिभुवन विश्वविद्यालयले रद्द गर्ने जनाएको छ ।
त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार समितिका अध्यक्ष एवं शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो बैठकले परीक्षामा एआई प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द गर्ने निर्णय गरेको हो ।
पछिल्लो समय स्वास्थ्योपचार र प्रविधिको विकासमा एआईको प्रयोग भइरहँदा शिक्षामा यसले पारेको प्रभावबारे बहस भइरहेको छ ।
एआईले विद्यार्थीको सिकाइलाई प्रत्यक्ष प्रभाव पारेको समेत विज्ञहरूले बताउँदै आएका छन् । एआई टुल प्रयोग गरी लेखिएका विषयवस्तुलाई पहिचान तथा निगरानीमा राख्ने प्रणाली बनाए पनि प्रभावकारी भने हुन सकेको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्