झापा,असोज ८ । झापाको दमकमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

आज बिहान अन्दाजी ९;३० बजे इलाम महमाई स्थायी ठेगाना भई हाल दमक नगरपालिका वडा न. ८ डेरा गरी बस्ने अन्दाजी २६ वर्षीय कमल बुर्जामगर टाडे घरको भुइँतलामा आफ्नै सिटीसफारी चार्ज गर्ने क्रममा विद्युत सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।

उनलाई दमक अस्पताल दमकमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा अस्पताल पु¥याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्