झापा, असोज ८ । झापा बुद्धशान्ति गाउँपालिका वडा नं २ का वडाध्यक्ष डिल्लीप्रसाद ओली घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

विप्लव नेतृत्वको नेकपा माओवादीको समूहले ८० हजार रुपैयाँ घुस लिदै गर्दा वडाध्यक्ष ओलीलाई पक्राउ गरेका हुन् । उनीहरुले वडाध्यक्ष ओलीलाई बिर्तामोड प्रहरीको जिम्मा लगाएका छन् । आफूहरुको स्ट्रिङ अपरेशनका क्रममा वडाध्यक्षलाई घुससहित पक्राउ गरिएको विप्लव माओवादीका नेता सुमनसिंह पौडेलले बताए । उनले केहीबेरपछि त्यसबारे जानकारी दिन पत्रकार सम्मेलन गर्न लागिएको बताए ।

वडाध्यक्ष ओलीलाई घुससहित बिर्तामोडमा पक्राउ गरिएको जानकारी प्राप्त भएको बुधबारे प्रहरी चौकीका इन्चार्ज सई सुवाष शेर्पाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्