झापा, असोज ९ । विराटनगरको एक इलेक्ट्रिक साइकल र सफारी सोरुममा भएको आगलागीबाट १ करोड ५० लाख बराबरको क्षति भएको छ ।

विराटनगर महानगरपालिका–२ स्थित मुनालपथमा रहेको भव्य इन्टरनेशनलमा भएको आगलागीबाट सम्पूर्ण सामानहरु जलेर नष्ट हुँदा नगदसहित अन्दाजी १ करोड ५० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । क्षति भएका सामानहरुमा इलेक्ट्रोनिक साइकल ४० वटा, इन्भर्टर ६० वटा, ब्याट्री २०० वटा, फर्निचरका सामानहरू , पार्ट्सहरू, सीसी क्यामेरा, ल्यापटप दुई वटा,एसी एउटा र प्रिन्टर एउटा रहेका छन् ।

उक्त आगलागी नेपाली सेना , नेपाल प्रहरी ,सशस्त्र प्रहरी , महानगरपालिकाको तीन वटा दमकल, दुहबी नगरपालिकाको एउटा दमकल र स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्