बिर्तामोड, असोज १० । राष्ट्रिय युवा संघ झापाको नवौ अधिवेशनमा विवाद भएको छ ।

अधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचन कार्यक्रममा विवाद भएको हो । नयाँ नेतृत्वका लागि युवा संघ झापाका नेता विकास गिरी र आयोजक कमिटीका संयोजक फूर्वा लामाले अध्यक्ष पदमा मनोनयन दर्ता गराएका थिए ।

फूर्वा लामालाई अध्यक्ष दिने गरी पार्टी नेतृत्वले सर्वसम्मत निर्णय गरेपछि गिरी पक्षधर विरुद्धमा उत्रिएका हुन् ।उनीहरुले एमाले पार्टी कार्यालय बिर्तामोडमा अहिले चर्को नारावाजी गरिरहेका छन् । गिरी समर्थकले चुनाब हुनुपर्ने माग गरिरहेका छन् । पालिका अध्यक्ष, पालिका सदस्य र क्षेत्रीय सदस्यहरु लगभग टुंगिएको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्