झापा,असोज १० ।  अत्यधिक वर्षाका कारण झापाको कन्काईसहित देशका केही मुख्य नदीहरूमा बाढीले खतरा तह पार गर्ने चेतावनी दिइएको छ। 

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले कन्काई नदीको मैनाचुली र कमला नदीको वेलसोत क्षेत्रमा शुक्रबार सतर्कता अपनाउन आग्रह गरिएको छ। त्यस्तै नारायणी, बागमती, पश्चिम राप्ती, बबईमा बाढीले शनिबार खतरा तह पार गर्ने चेतावनी दिएको छ ।

विभागले ती नदीहरूको आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषतः नारायणीको देवघाट, बागमतीको पधेरादोभान, पश्चिम राप्तिको कुसुम र बबईको चेपाङमा सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्