झापा, असोज ११ । झापामा पछिल्लो चौबीस घण्टामा भारी वर्षा भएको छ ।

आज बिहान ९ बजे झापाका तीन बर्षामापन केन्द्रले २४ घण्टामा भारी वर्षा भएको देखाएको हो । केचनामा १७९.८, गौरादहमा १६२.२ , चन्द्रगढी एयरपोर्टमा १४४.२ र अनारमनी बिर्तामोडमा ११६.६ मिमि बर्षा भएको हो ।

त्यस्तै इलामको बर्षामापन केन्द्रहरुमा पनि बर्षा क्रमिक बढ्दै गएको देखिएको छ । कन्काई नदीमा जलस्तर २. ८ मिटर पुगेकोले सतर्क रहन नेपाल रेडक्रस सोसाइटी झापाले आग्रह गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्