झापा,असोज ११ । अविरल वर्षाका कारण पहिरो जाँदा इलामको पशुपतिनगर–फिक्कल सडक अवरुद्ध भएको छ ।

आज दिउँसो अन्दाजी २.४० बजे सूर्योदय नगरपालिका. १० फिक्कलस्थित पशुपतिनगर–फिक्कल रोडमा अबिरल बर्षाका कारण बाटो माथिबाट अन्दाजी ३० मिटर जति रुखहरुसहितको पहिरो झरेको हो । पहिरोका कारण पूर्ण रुपमा अवरुद्ध भएको छ ।

सूर्योदय नगरपालिकाको जेसीबीको सहयोगले पहिरो हटाउने कार्य भइरहेको र सवारीसाधनहरुले बैकल्पिक बाटोबाट आवतजावत गरिरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्