झापा, असोज ११ । इलामको माई नगरपालिकामा खोलाले बगाएर एकजना सिकिस्त भएका छन् ।

आज दिउँसो अन्दाजी १ः१० बजेको समयमा माई नगरपालिका– ८ स्थित सेते खोलाले स्थानीय ६८ वर्षीय मैतबहादुर लिम्बूलाई बगाएको थियो । खोला तर्ने क्रममा बगाइरहेको अवस्थामा स्थानीयले देखेर लिम्बूलाई बगाएको ठाउँदेखि अन्दाजी ७० मिटर दक्षिण उद्वार गरेका थिए ।

उनको अवस्था तत्काल बोल्न नसक्ने र गम्भीर रहेको छ । उनलाई स्थानीय माई अस्पताल दानाबारीमा सामान्य उपचारपश्चात् थप उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर झापा रेफर गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्