झापा, असोज ११ । अल्टिमा लाइफस्टाइल, नेपालको अग्रणी एसेसरीज ब्रान्ड अल्टिमाले आउँदै गरेको दशैंको अवसरमा आफ्ना ग्राहकहरुलाई उल्लेखनीय उपहार र छुटको व्यवस्था गरेको छ ।

उक्त अवसरमा १० करोडभन्दा बढीको छुट , ३ करोड बराबरको उपहार र पाँच नयाँ उत्पादन बजारमा सार्वजनिक गर्ने बताएको छ । यही असोज ९ देखि असोज २२ (सेप्टेम्बर २५ देखि अक्टोबर ८, २०२४) सम्म चल्ने १४ दिने दशैं मेलामा विभिन्न आकर्षक डिलहरू जस्तै “डिल अफ द डे,” “बाई १ गेट १,” र “१ रुपैयाँ गेम”समावेश छन्। यस वर्षको मेलामा अल्टिमाले आफ्नो सेवा विस्तारलाई पनि प्रमुख स्थानमा राखेको छ । जसमा साउन्डबार, स्पिकरहरू, टिकाउ स्मार्टवाच, प्रभावशाली पावर बैंकहरू र प्रिमियम इयर बड्स सार्वजनिक हुँदैछन् ।

अल्टिमाले दशैंको अवसरमा आकर्षक नयाँ वस्तुहरु बजारमा ल्याई वहुआयामिक सेवा प्रदान गर्नुका साथै पाँच नयाँ उत्पादन ल्याउँदैछ । यो मेलामा अल्टिमाले पाँच नयाँ उत्पादनहरू सार्वजनिक गर्दैछ । जुन यसको उत्पादनमा नयाँ कोशेढुङ्गा सावित हुनेछ । प्रिमियम होम थिएटर अनुभव प्रदान गर्न डिजाइन गरिएका UltimaWaveBar 120 र UltimaWaveBar 200, शक्तिशाली स्पिकरहरू १२०W र २०० W को दुई भेरियन्टहरूमा उपलब्ध छन् । जसमा बूस्टर, ब्लुटुथ कनेक्टिभिटी, र वास्तविक RMS मद्दत हुनेछ ।

दोस्रो उत्पादनमा Ultima Watch Active हुनेछ, एड्भेन्चर खोज्नेहरुका लागि डिजाइन गरिएको टिकाउ यो स्मार्टवाच सकप्रुफ र IP प्रमाणपत्रको साथ लामो समयसम्म टिक्ने गरी डिजाइन गरिएको छ। यसको टिकाउपनसँगै, यो स्मार्टवाचमा vivid AMOLED डिस्प्ले, Ultima App सहित ७ दिनको ब्याट्री लाइफ र थप सुविधाहरू उपलब्ध छन् । जसले सक्रिय जीवन शैलीको प्रदान गर्नेछ ।

अल्टिमाको तेस्रो सार्वजनिक हुने उत्पादनमा स्पिकर जोडी Soundbox S20 र S50 समावेश छन् । जुन मार्वल भर्सनको संस्करण हो । यी शक्तिशाली स्पिकरहरूले क्रमशः २० W र ५० W ध्वनि प्रदान गर्छन् । जसमार्फत बलियो र प्रभावकारी अडियो अनुभव लिन सकिन्छ ।

पावरबैंक प्रयोगकर्ताहरूलाई यो उत्पादनले खुसी पार्नेछ किनकि अल्टिमाले यो संस्करणलार्ई पूर्ण नयाँ रूपमा प्रस्तुत गरेको छ । अल्टिमाले तीन संस्करणहरूमा चार नयाँ पावर बैंकहरू समावेश गरेको छ । जसमा Mini, Pro, Ultra रहेका छन् ।Mini मा MagSafe वायरलेस चार्जिङ, २२.५ W पावर आउटपुट र १०,००० एमएएच् ब्याट्री, र यसको नाम अनुसार कम्प्याक्ट डिजाइन समावेश छ । एचय ले २२.५ W पावर आउटपुट प्रदान गर्दछ साथै २०,००० एमएएच् र ३०,००० एमएएच् क्षमता भएका दुई भिन्न ब्याट्रीहरुमा उपलब्ध छ । Boost Ultra ६५ W सम्म चार्जिङ र २०,००० क्षमता ब्याट्रीमा उपलब्ध छ । अल्टिमाका सबै पावर बैंकहरूमा टिकाउ, फायर प्रुफडिजाइन र नवीन सुरक्षा सुविधाहरू समावेश छन् ।
अल्टिमा दशैं मेला यही असोज ९ देखि असोज २५ सम्म चल्नेछ । यो १४–दिने मेलामा अल्टिमाले सातभन्दा बढी विशेष अफरहरु ल्याएको छ ।
रु. १ को चमत्कार ः अल्टिमाले आफ्ना ग्राहकहरूलाई दशैं मेलामा अल्टिमाका उत्पादनहरू १ रुपैयाँमा किन्ने मौका दिइरहेको छ । जसका शर्तहरु ५ जना भाग्यशाली खरिदकर्ताहरूले मात्र ultima.com.np बाट १ रुपैयाँमा उत्पादनहरु खरिद गर्न पाउनेछन् । यो अफर सीमित अवधिको लागि हुनेछ र असोज ९ देखि असोज २२ सम्म हरेक दिन सोसल मिडिया पेजहरूमा घोषणा गरिनेछ ।
बाई १ गेट १फ्रीः यो अफर Ultima Atom 192 मा लागु हुनेछ । ग्राहकहरूले रु. २,७९९ मा २ Atom 192 खरिद गर्न पाउनेछन् ।
दैनिक पैसा वसुल डिलः यस वर्ष अल्टिमाले ग्राहकहरूलाई ८०% भन्दा बढी छुटको साथ आकर्षक डिलहरू प्रदान गर्दैछ । हरेक दिन १४ डिलहरू उपलब्ध हुनेछ ।
मालामाल कम्बोहरूः ग्राहकहरूले रु ३५,९९९ पर्ने Wavebar 200, Watch Active, Prime 1.0 र Boost 20k Pro मात्र रु १९,९९९ मा खरिद गर्न सक्नेछन् ।
साउन्डबार किन्दा इयरबड्स सित्तैमाः Wavebar खरिद गर्ने ग्राहकहरूले Ultima Atom 192 सित्तैमा पाउनेछन् ।
घडी किन्दा इयरबड्स सित्तैमाः अल्टिमा वाच सर्कल अहिलेसम्म ग्राहकहरुले सबैभन्दा बढी मन पराएको ब्रान्ड किन्दा यस पटक सम्झौतालाई अझ प्रभावकारी बनाउन नयाँ Ultima Atom 520Pro प्राप्त गर्न सक्नेछन्।

अल्टिमाले ग्राहकहरूलाई आफ्ना उत्पादनहरू रु. १ रुपैयाँमा किन्ने अवसर दिइरहेको छ । केही शर्तहरू लागू हुने भएपनि, मात्र पाँच जना भाग्यशाली खरिदकर्ताहरूले ultima.om.np बाट यी उत्पादनहरू १ रुपैयाँमा खरिद गर्न सक्नेछन् । सीमित समयको अफर र जुनसुकै समयमा उपलब्ध हुनेछ, र स्टक केही सेकेन्डमै समाप्त हुने सम्भावना भएकोले यस अनुभवलाई अझै रोमाञ्चक बनाउनेछ । अल्टिमाले प्रत्येक दिन जुनसुकै समयमा आफ्नो सोसल मिडिया पेजहरूमा अफर घोषणा गर्नेछ, र घोषणा भएको पाँच मिनेटभित्र अफर पेज लाइभ हुनेछ। यो अफर असोज ९ देखि असोज २२ सम्म चल्नेछ।

अभियान समाप्त भएपछि, एकजना भाग्यशाली खरिदकर्ताले उपहारहरू जित्न सक्नेछ । यस वर्ष अल्टिमा होम रेनोभेसन थिमअन्तर्गत Wavebar, टिभी, फ्रिज, र अन्य दर्जनौं उत्कृष्ट घरायसी सामानहरू समावेश छन् ।
अल्टिमा दशैं मेला असोज ९ देखि असोज २२ (सेप्टेम्बर २५ देखि अक्टोबर ८) सम्म चल्नेछ, र सबै अफरहरू Ultima अल्टिमाको आधिकारिक वेबसाइट ultima.com.np साथै उनीहरूको च्यानल पार्टनरहरू Daraz, Khalti, eSewa, IMEPay, Hukut, Brothermart, Neo Store, र Jeeve मार्फत खरिद गर्न सकिनेछ।

अल्टिमा लाइफ स्टाइलको बारेमाः
अल्टिमा लाइफ स्टाइल एउटा एसेसरीज ब्रान्ड हो, जसले नवीनतम र उच्च गुणस्तरीय इलेक्ट्रोनिक उत्पादनहरू प्रदान गर्दै आइरहेको छ, जसले दैनिक अनुभवलाई विशिष्ट बनाउँछ। हाम्रो उत्कृष्टतामा प्रतिबद्धता र उचित मूल्य निर्धारणले ग्राहकहरूलाई प्रविधिमा उत्कृष्ट सेवा प्रदान गरिरहेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्