झापा, असोज ११ । झापाको अर्जुनधारा– खुदुनावारी जोड्ने बिरिङ खोलाको पुलमा पूर्णरुपमा क्षति पुगेपछि आवागमन बन्द गरिएको छ ।

यसअघि आंशिक क्षति पुगेको सो पुलमा केही दिनदेखिको अविरल वर्षाले पुरै क्षति पुगेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । बिरिङ पुलमा क्षति पुगेपछि अर्जुनधारा– ७ को फूलमति टोल, मिलडाँडाको बाटो हुँदै यातायातका साधनहरु संचालन भइरहेको डीएसपी प्रकाश विष्टले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्