झापा, असोज १२ । करेन्ट लागेर झापाको गौरादहमा तीनजना घाइते भएका छन् ।

घरको नेटको तार बिजुलीको पोलमा टाङ्ने क्रममा अचानक करेन्ट लागेर उनीहरु घाइते भएका हुन् । घाइते हुनेहरुमा घरधनी गौरादह नगरपालिका– १ बस्ने ५३ वर्षीय कृष्णप्रसाद सुवेदी , सोही ठाउँ बस्ने लक्ष्मण आचार्यका छोराहरु १८ वर्षीय समिर आचार्य र १६ वर्षीय सबिन आचार्य रहेका छन् ।

उनीहरुको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । घरधनी सुवेदीको अवस्था गंभीर रहेको छ भने लक्ष्मण र सबिनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

आज दिउँसो अन्दाजी १२ः३० बजे सुवेदीको घरको नेटको तार बिजुलीको पोलमा टाङ्ने क्रममा उनीहरुलाई अचानक करेन्ट लागेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्