झापा,असोज १४ । झापा गौरीगञ्जका बाढीपीडतहरुलाई सहारा नेपालले राहत वितरण गरेको छ ।

कन्काईको बाँध फुटेर डुबानमा परेका गौरीगञ्ज–१ का २३ परिवार बाढीपीडितलाई सहारा नेपालले खाद्य सामग्री उपलव्ध गराएको हो । असोज १२ गते राति कन्काईको बाँध फुटेर बाढी बस्तीमा छिरेको थियो ।

सहारा नेपालका कार्यसमिति सदस्य पवित्रा सुब्बाको नेतृत्वमा आएको टोलीले गौरीगञ्ज –१ का वडा अध्यक्ष कार्तिकलाल राजवंशीको हातबाट ती बाढीपीडितलाई राहत बितरण गराएको थियो । प्रत्येक परिवारलाई २५ केजीको एक बोरा चामल,एक लिटर खानेतेल, २ केजी दाल, आधा केजी सोयाविन,एक प्याकेट बिस्कुटका दरले वितरण गरिएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्